काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।बुधबार प्रतितोला चार हजार सात सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।