सोमवार, श्रावण २५ गते २०८३

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, विश्व बजारमा तरंग

विश्वको झन्डै एक तिहाइ कच्चा तेल ओसारपसार हुने हर्मुज जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्ने र विश्वव्यापी आपूर्ति शृङ्खला गम्भीर रूपमा प्रभावित हुने प्रक्षेपण गरिएको छ।

बिहिवार , जेठ २८, २०८३

तेहरान । इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' (हर्मुज जलमार्ग) सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै क्षेत्रमा बढ्दो असुरक्षाका कारण तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सम्पूर्ण यातायात रोकेको जनाएको हो।

अमेरिकी सेनाले इरानको दक्षिणी प्रान्त हर्मोजगान र बन्दर अब्बास लगायतका तटीय क्षेत्रहरूमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेपछि इरानले यो कडा कदम चालेको हो। इरानी सैन्य मुख्यालयले यो नाकाबाट अघि बढ्ने प्रयास गर्ने जुनसुकै जहाजलाई पनि निशाना बनाइने चेतावनी दिएको छ। उता, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने आफ्ना आक्रमणहरू आत्मरक्षाका लागि भएको दाबी गर्दै हर्मुज नाका खुला नै रहेको जिकिर गरेको छ।

विश्वको झन्डै एक तिहाइ कच्चा तेल ओसारपसार हुने हर्मुज जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्ने र विश्वव्यापी आपूर्ति शृङ्खला गम्भीर रूपमा प्रभावित हुने प्रक्षेपण गरिएको छ। यो नाकाबन्दीले खाडी क्षेत्रमा युद्धको जोखिमलाई थप बढाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार