सोमवार, श्रावण २५ गते २०८३

चौधरी ग्रुपले नेपाल भित्रयायो म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज–कार्लटन र वेस्टिन

सोमवार , जेठ २५, २०८३

काठमाडौं । चौधरी ग्रुपले म्यारियटका दुई नयाँ होटल नेपाल भित्रयाएको छ । ग्रुपले म्यारियटसँग द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौता गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच म्यारियट इन्टरनेसनल इन्क र चौधरी ग्रुपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

चौधरी ग्रुप र म्यारियट इन्टरनेशनलबीच दक्षिण एशियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत बलियो सहकार्य रहेको छ । सम्झौतापश्चात दुई कम्पनीको व्यवसायिक सम्बन्ध अझ विस्तार हुने विश्वास गरिएको छ ।

वेस्टिन काठमाडौं र रिट्ज–कार्लटन काठमाडौं नेपालका अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालहरु, म्यारियट इन्टरनेशनल इन्कका एशिया प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेनन, म्यारियट इन्टरनेशनल इन्क दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोटलगायतको उपस्थिति थियो ।

1.jpg
undefined

सम्झौतापश्चात म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीनबाहेक)का अध्यक्ष राजीव मेननले भने, ‘उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई अझ सुदृढ बनाउन पाउँदा हामी खुशी छौं ।’ 


सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले म्यारियट इन्टरनेशनलसँगको सहकार्य नेपाल एवं दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने चौधरी ग्रुपको यात्राको नयाँ अध्याय भएको बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार