काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । उनी भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा जेठ २२ गते भारत गएका थिए ।
भ्रमण सकेर आइतबार स्वदेश फर्केका खनालले सञ्चारकर्मीसँग आफ्नो भ्रमण निकै फलदायी रहेको दाबी गरे । भ्रमणको क्रममा दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको उनले बताए ।
–दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल भारत दुईपक्षीय सम्बन्धका सम्पूर्ण पक्षमा व्यापक तथा उपलब्धिमूलक छलफल भयो ।
–वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटि, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद लगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि लगायतका विषयमा ठोस छलफल भयो ।
–दुवै पक्षमा दुईपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छौं ।
–क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार आदनप्रदान गरियो ।
–दुईपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगतिको समीक्षा गर्नुको साथै तीनलाई थप प्रभावकारी बनाउने उपायबारे महत्वपूर्ण छलफल गर्यौं ।