आइतवार, श्रावण २४ गते २०८३

रास्वपा कलैयाका कार्यकताद्धारा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

आइतवार , जेठ २४, २०८३

 

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले केन्द्रीय कार्यालय बनस्थलीमा प्रदर्शन गरेका छन् ।

पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि  प्रदर्शन गरेका हुन् । 

 प्रदर्शनमा उत्रेका कार्यकर्ताले पार्टी संगठनमा पारदर्शिताको माग गरेका छन् ।

आन्दोलनरत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।

निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ ।

कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ तथा निष्पक्ष निर्णयको माग गरेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार