काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किदैछन् । भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणमा खनाल जेठ २२ गते भारत गएका थिए ।
भ्रमणको क्रममा द्विपक्षीय छलफल भएको थियो । छलफल सकेपछि परराष्ट्रमन्त्री खनालले स्वदेश फर्कनुअघि आइतबार दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गरेका थिए ।
भारतीय मिडियाका पत्रकारहरूको समेत उपस्थिती रहेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले दुई देशका समसामयिक मुद्दाहरूमा जवाफ दिएका थिए ।