आइतवार, श्रावण २४ गते २०८३

आज र भोली रास्वपाको जिल्ला अधिवेसन,पाँच सय १२ पालिकाको सम्पन्न

शनिवार , जेठ २३, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ  । हालसम्म कुल ५१२ पालिका अधिवेशन सम्पन्न भएको उक्त पार्टीले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लक्षित गरी विशेषतालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरेको थियो । त्यस्तै जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो । 

जेठ १६ र १७ गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन गरेको थियो । 
आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्नेछ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अगाामी असार ७, ८, ९ गते चितवनमा हुँदैछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार