सोमवार, श्रावण २५ गते २०८३

नेपालमा पनि आधिकारिक रूपमा सुरु भयो उबर

शुक्रवार , जेठ २२, २०८३

काठमाडौँ । विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ। यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।

कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे सवारीतर्फ उबर गाे र उबर कम्पफर्ट तथा दुईपाङ्ग्रे सवारीतर्फ उबर बाइक सेवा उपलब्ध हुनेछ। यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार