सोमवार, श्रावण २५ गते २०८३

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट ७७४ वटा गाडी प्रहरीको नियन्त्रणमा

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । भन्सार छली गरेको आशंकामा सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

ति गाडीहरु  जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबै गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार