काठमाडौं । स्थल सीमा नाकाबाट आवतजावत गर्दा नागरिकले ५ सय रुपैंयासम्मको सामान बिनाभन्सार ल्याउन वा लैजान पाउने भएका छन् । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु भन्सार प्रमुखले महसुल नलिई छाड्न सक्ने व्यवस्था गरेको हो ।
यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो । सो नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो ।
।
ात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पु¥याएको छ ।
स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’
तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ ।