काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका माननीय सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।
।
संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा माननीय शेर्पालाई राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थिति रहेको थियो ।
माननीय शेर्पाले वि.सं. २०८३ साल जेठ १३ गते (मे २७, २०२६) बिहान ५ः४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुन् । यो उनको सगरमाथाको दशौँ सफल आरोहणसमेत हो ।