काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।
उनी केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन् ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने छ ।