सोमवार, श्रावण २५ गते २०८३

दुई हजार ९३ सवारीचालक कारबाहीमा

मंगलवार , जेठ १९, २०८३

काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्यकोषमा २७ लाख ३६ हजार ५ सय १ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट कारबाहीस्वरुप राजस्व दाखिला भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १ सय १ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ५, एकतर्फी सडकमा सवारी चलाउने १ सय २९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९ सय ८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार