सोमवार, श्रावण २५ गते २०८३

संसदको सिँढीबाट लडेकी रास्वपा सांसद बसुमायाको ट्रमा सेन्टरमा उपचार हुँदै

सोमवार , जेठ १८, २०८३

काठमाडौं । सिँढीबाट लडेर घाइते भएकी रास्वपाकी सांसद बसुमाया तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइृरहेको छ । 
सिँढीबाट लडेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । 


संसद वैठक सकिएपछि सभाहलको भर्याङ ओर्लिने क्रममा उनी अचानक रिंगटा लागेर लडेकी थिइन् । उनलाई अन्य सांसदहरुले उठाएका थिए । तत्कालै सुदन गुरुङले एम्बुलेन्स बोलाएका थिए । 

तामाङलाई एम्बुलेन्समा राखेर ट्रमा सेन्टर पुर्याइएको छ । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । तामाङ मुटुकी रोगी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार