काठमाडौं । नेपाल थारु संघको अध्यक्षमा चितवनका शिवनारायण महतो ’गुरौ’ निर्विरोध दोहोरिएका छन् । संघको पहिलो अधिवेशनबाट तदर्थ समितिको अध्यक्ष रहेका महतो निर्विरोध अध्यक्ष भएका हुन् ।
यो संघ नेपाली कांग्रेसको भ्रातृ संस्था हो । संघको संशोधित विधान २०७९ बमोजिम केन्द्रीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य निर्विरोध भएका हुन् । कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा भएको अधिवेशनबाट उपाध्यक्ष डा. भोगेन्द्र प्रसाद चौधरी (उदयपुर), महामन्त्री फूलाराम चौधरी (बाँके), सह–महामन्त्री राधेश्याम चौधरी (नवलपरासी) निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत वासुदेव रिजालले थारु संघमा नेतृत्वसहित केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिए ।