काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ । कार्यसमितिको प्रमुखमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, उपप्रमुखमा अभिषेक प्रताप शाह, कोषाध्यक्षमा डा. शाहजान खातुन र सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन् ।
१२ सदस्यीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । कार्यसमिति सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य मनोनीत भएका छन् ।
२ सदस्य मनोनयन गर्न बाँकी रहेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ । संसदीय दलको बैठक र सदनमा पार्टीको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यसमितिलाई पूर्णता दिएको कांग्रेस दलले जनाएको छ ।