सोमवार, श्रावण २५ गते २०८३

सामाजिक उत्तरदायित्व अन्तर्गत नेचर बोर्डिङद्धारा दन्त शिविर सम्पन्न

आइतवार , जेठ १७, २०८३

काठमाडौं । टोखा नगरपालिका वडा नं. ११ मा रहेको नेचर बोर्डिङ हाइ स्कुलले आइतबार एक दिने दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुल प्राङ्गणमा भएको दन्त शिविरमा पिपल डेन्टल होम प्रालि, गोरखनाथ हेल्थ क्लिनीक प्रालि एण्ड गोरखनाथ फार्मेसीले प्राविधिक सहयोग गरेका थिए । 

स्कुलले सामजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । शिविरमा कक्षा सात, आठ र नौ र दशमा अध्ययनरत, विद्यार्थी, शिक्षक र अभिभावक सहित करिव तीन सय जनाको दात परीक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शारदा ढकालले जानकारी दिईन् । 

स्कुलले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिका क्षेत्रमा सरसफाई लगायत विविध जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

स्कुलको यस अभियानमा स्थानीयले पनि सक्रिय साथ दिदैं आएका छन् । 

 यस स्कुल टोखा क्षेत्रमा सञ्चालित एक अब्बल र विद्यार्थी तथा अभिभावकले रुचाएको स्कुल मानिन्छ ।

att.np6yblYFAcScZOjDnI_dm5DTeeBq2PxzDXqQURXo5_0.jpeg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार