काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका संस्थाहरू कमजोर भए कुनै पनि समाज बलियो बन्न नसक्ने र जनताले सुखसमेत नपाउने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा फेसबुकमार्फत शुभकामना दिदैं ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन् । लोकतान्त्रिक गणतन्त्र नभए जनताले सुख पनि नपाउने उनको भनाइ छ ।
‘लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो,’ ओलीले लेखेका छन्, ‘लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् ।’
लोकतन्त्रका संस्थाहरू कमजोर भए कुनै पनि समाज बलियो बन्न नसक्ने र जनताले सुखसमेत नपाउने उनको भनाइ छ । त्यसैले लोकतान्त्रिक गणतन्त्रका अंगहरूको रक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा शान्त मनले चिन्तन गर्न उनले सबैलाई आह्वान पनि गरेका छन् ।