सोमवार, श्रावण २५ गते २०८३

उपराष्ट्रपति यादवको आहवान –राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाऔं

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । 


१९ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना दिदैं यादवले मुलुकको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा मनाउनुपर्ने बताए ।  

संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्ने यादवले जारी गरेको सन्देशमा उल्लेख छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार