सोमवार, श्रावण २५ गते २०८३

गणतन्त्र दिवसको शुभकामना दिदै राष्ट्रपति पौडेलले भने–समुन्नत समाज निर्माणमा जुटौं

शुक्रवार , जेठ १५, २०८३

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभ्य, सुसंस्कृत तथा समुन्‍नत समाज निर्माण गर्न राजनीतिक दल, नागरिक समाज तथा सम्बको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् ।  

१९ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल होस् भन्ने कामनासमेत गरेका छन् ।  उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता हो । संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबिच सहकार्य आवश्यक छ” सन्देशमा उल्लेख छ । 

“आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीबिच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार