आइतवार, श्रावण २४ गते २०८३

एक हजार तीन सय रूपैयाँ घट्यो सुनको भाउ

मंगलवार , जेठ १२, २०८३

काठमाडौ । आज (मंगलबार)सुन–चाँदीको भाउ घटेको छ । 

सोमबार तोलामा एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६० रूपैयाँमा किनबेच भइरहेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार