काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुससहित पक्राउ गरेको छ ।
सडक ढलान योजनाको काम सम्पन्न भएपश्चात रकम भुक्तानीको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा यादवलाई आयोगको टोलीले पक्राउ गरेको हो ।
यादवको साथबाट आयोगको टोलीले ७२ हजार रुपैंया, स्रोत नखुलेको अर्को ८३ हजार रुपैंयाँ, एक थान ल्यापटप र दुई थान मोबाईल समेत नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।