काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सी चालकको समस्या समाधान गरिदिन सरकारलाई अनुरोध गरेका छन् ।
प्रतिनिधि सभामा विहिबार बोल्दै उनले ट्याक्सी चालकले नयाँ ट्याक्सी किनीसकेपछि पनि ट्याक्सीको कालो प्लेट लिनको लागि १५ लाख रुपियाँसम्म घुसको रुपमा दिनुपर्ने विषयमा आफूले बल्ल थााहा पाएको बताए ।
यस विषयमा यातायात व्यवस्था विभागका महानिर्देशकसँग बुझ्दा पनि यसमा ठूलो चलखेल हुने गरेको जानकारी आफूले पाएको पुनले बताए । ट्याक्सी चालकको यो समस्या समाधानको लागि तत्काल पहल गर्नुपर्ने पुनको भनाई छ ।