काठमाडौँ । सामाजिक सुरक्षा कोषले घर किन्न डेढ करोड रुपैयाँँ ऋण दिने भएको छ ।
यसअघि कोषले यस्तो ७५ लाख रूपैयाँसम्म दिँदै आएकोमा दोव्बरले बढाएर एक करोड ५० लाख रुपैयाँ ऋण पुु¥याएको हो ।
वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरेको हो। योगदानकर्ताले धितो र मासिक किस्ता तिर्ने आफ्नो क्षमता अनुसार कर्जा लिन सक्ने उल्लेख गरिएको छ।
कोषले योगदानकर्ताका लागि घर सापटी, शैक्षिक सापटी,सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार शीर्षकमा ऋण ९सापटी० सुविधा दिँदै आएको छ।