आइतवार, श्रावण २४ गते २०८३

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुन

बुधवार , बैशाख ९, २०८३

काठमाडौ । मंगलबारको तुलनामा बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत बुधबार चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार