आइतवार, श्रावण २४ गते २०८३

रास्वपाले जिल्ला खटायो समानुपातिक सांसदलाई

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ । रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोकेको हो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ । र, सो जिम्मेवारीको सूची आमसञ्चार माध्यममार्फत आमनागरिक तहमा जानकारीको लागि प्रेषित गरिएको छ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै भनेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार