काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी बैठक बोलाइको हो ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । जसको कार्यसूची आज दिउँसो बस्ने सचिवालय बैठकले तय गर्नेछ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा केन्द्रीय समिति बैठकसहित ६ विषयमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ छलफल गरेर टुंग्याउने तयारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।