आइतवार, श्रावण २४ गते २०८३

गिट्टी ढुंगा बिक्रि गर्दा साढे २२ लाख भ्रष्टाचार, दुई जनालाई मुद्दा

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र सुर्खेतको आर.के. कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचा मुद्दा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । सोही जिल्लाको गुराँस गाउँपालिकास्थित कर्णाली नदी र लोहरेखोला क्षेत्र, तल्लो डुङ्गेश्‍वरबाट गिट्टी, बालुवा, ढुङ्गा र ग्राभेल उत्खनन्, सङ्कलन तथा बिक्री वितरण कार्यमा अनियमितता गरेको आयोगले जनाएको छ । 

आयोगका अनुसार ती सामग्रीको ठेक्‍का सम्झौता गर्दा बैंक ग्यारेण्टी नलिई सम्झौता गरेर राजस्व हिनामिना गरेको उजुरी सुरुमा आयोगमा आएको थियो । अनुसन्धानको क्रममा उक्त कार्य पुष्टि भएको आयोगले जनाएको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले आर.के. कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुवास कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

प्रतिवादीलाई २२ लाख ४४ हजार पाँच सय रुपियाँ बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया
सम्बन्धित समाचार