आइतवार, श्रावण २४ गते २०८३

नागरिकसँग भेटघाटको लागि रास्वपाले तोक्यो नेता तथा सांसदको जिम्मेवारी, कुन दिन कसको पालो ?

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । आगन्तुक सदस्य, आम नागरिकहरुसँग नियमित जनसम्पर्क स्थापना, भेटघाट, संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मिति तोकेर जिम्मेवारी निर्धारण गरेको छ । भेटघाट तथा संवाद कार्यक्रम पार्टिको केन्द्रीय कार्यालय वनस्थलीमा हुने उक्त पार्टीले जनाएको छ । 

रास्वपाले पहिलो चरणमा चैत २९ गतेदेखि वैशाख ५ गतेसम्म भेटघाटको लागि सांसदको जिम्मेवारी तोकेको छ । चैत २९ गते सांसदहरु डा. आनन्द चन्द र सुरेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ । चैत ३० गते प्रमिला कुलुजु र प्रभा कार्कीलाई जिम्मेवारी तोकिएको छ । 

त्यस्तै वैशाख २ गते सांसदहरु कृपा महर्जन र प्रकाशचन्द्र परियार, वैशाख ३ गते सांसदहरु सोम शर्मा र पुष्पा चौधरी, वैशाख ४ गते केन्द्रीय सदस्य धनेज थापा थापा र अमृता विक तथा वैशाख ५ गते केन्द्रीय सदस्य सुरज प्रधान र केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारलाई जिम्मेवारी तोकिएको उक्त पार्टीले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार