काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से बुधबार भने ४५.१२ अंकले बढेर बन्द भएको छ ।
यससँगै नेप्से बुधत्रबनार २८०० अंक माथि उक्लेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ९८ हजार १६२ पटकको कारोबारमा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँबराबरको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।