काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पश्चिम एशियाली मुलुकमा भएको युुद्धका कारण इन्धनको मूल्य निरन्तर बढ्दै गएको र उच्च करका कारण इन्धनमा थप मूल्य महङ्गो हुुँदै गएको थियो ।
पछिल्लो १५ दिनमै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको उल्लेख गर्दै उनले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ ।