सोमवार, श्रावण २५ गते २०८३

रास्वपाका सांसदलाई सरकारी अस्पतालमा मात्रै उपचार गर्न निर्देशन

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा) ले आफ्ना पार्टीबाट निर्वाचित सांसदलाई सरकारी अस्पतालमा मात्रै उपचार गर्न निर्देशन दिएको छ । सांसदहरुलाई संसदीय आचरण सिकाउन उक्त पार्टीले ललितपुरमा आयोजना गरेको दुइ दिने अभिमुखीकरणलाई बुधबार सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले निर्देशन दिएका हुन् । 

अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले सांसदहरुलाई निर्देशन दिए । जहिले पनि देश र जनतालाई शिरमा राखेर काम गर्न समेत उनले निर्देशन दिए । उनले रास्वपा समर्थकहरुलाई विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न पनि आह्वान गरेका छन् । पार्टीका सांसदहरुलाई जनताको शासक होइन, सेवक बन्न उनले अपिल गरे । 

लामिछानेले नागरिकमा नेतृत्वप्रति निराशा रहे पनि उनीहरुलाई ३५ वर्ष कुरेको, तर आफूहरुलाई ३५ दिन पनि नकुर्ने भन्दै पाइला पाइलामा सावधान रहेर सही काम गर्न आग्रह गरे । सांसदहरुलाई उनले यसअघिको जस्तो निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि निर्देशन गरे ।

लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई उनीहरुले इतिहासमा गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिए । आफूहरुले इतिहासको योगदानलाई धन्यवाद भनेको, अनि भविष्यको जिम्मेवारी चाहिँ रास्वपाले लिने उनले सन्देश दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार