बुधवार, भाद्र ३ गते २०८३

झाँक्री प्रकाश भुजेलको डा. उपाधि नक्कली भएको पुष्टि, अवार्ड फिर्ता गर्ने घोषणा

आइतवार , भाद्र १, २०८२

काठमाडौं । आफूलाई झाँक्री दाबी गर्ने प्रकाश भुजेलले आफूलाई प्राप्त डाक्टरको अवार्ड फिर्ता गर्ने घोषणा गरेका छन्। अवार्डको विषयमा सामाजिक सञ्जाल मार्फत बृहत आलोचना भएकोले गर्दा अवार्ड ग्रहण गर्नु उपयुक्त नभएको उनले बताए।

आफू अवार्ड वितरणपछि तिब्र आलोचना भएपछि अवार्ड फिर्ता गर्ने निर्णयमा पुगेको उनको तर्क छ। उनले अवार्ड फिर्ता गरे पनि समाजसेवा आफ्नो योगदान भने निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

त्यसअघि फेसबुकमा आफ्नो नामको अगाडि डा. राखेपछि उनी ट्रोल बनेका थिए। चिकित्सा पेसा विपरीत धार मानिने धामी झाँक्रीले नै ‘डाक्टर’ उपाधि कसरी पाए भन्ने कुराले धेरैलाई अचम्मित तुल्याएको थियो।

भुजेलले भने आफूलाई ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’ले सम्मान दिएकाले नामको अगाडि ‘डाक्टर’ राखेको दाबी गरेका थिए।

तर, यो संस्था आफैमा कुनै विश्वविद्यालय नभएको र अन्य कुनै विश्ववद्यालयबाट सम्बन्धन समेत नपाएको देखिएको छ। उक्त संस्थाले तालिमका नाममा यस्ता सम्मान दिने (बिक्री समेत गर्ने) गरेको र सोही सम्मानका आधारमा भुजेलले आफ्नो नामको अगाडि ‘डाक्टर’ लेखेको पुष्टि भएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार