आइतवार, श्रावण २४ गते २०८३

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

आइतवार , चैत्र २३, २०८१

काठमाडौँ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो ।

दुर्घघटनामा दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताए ।

मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार