काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले महाधिवेशनको विकल्पबारे सभापतिले नै प्रस्ताव ल्याउनुपर्नेमा जोड दिएका छन् । भदौ १६-१९ सम्म तोकिएको मितिमा महाधिवेशन नहुने भन्दै कांग्रेसभित्र विभिन्न विकल्पमा नेताहरुबीच छलफल भइरहेका बेला केन्द्रीय सदस्य थापाले सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउनुपर्ने बताएका हुन् ।
मंगलबार पौडेल पक्षीय जिल्ला सभापति भेलामा नेता थापाले निर्धारित मितिमै महाधिवेशन हुनुपर्नेमा जोड दिँदै महाधिवेशन समयमै हुन नसक्नुको कारणसहित सभापतिले विकल्प पेश गर्नुपर्ने धारणा राखे । जिल्ला सभापतिको सोमबारदेखि जारी बैठकलाई पौडेल समूहका केन्द्रीय नेताहरुले सम्बोधन गरे ।