मुख्यमन्त्री डोरमणी पौडेल भन्छन् ‘काभ्रे स्थायी राजधानी हुन सक्दैन’



काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ को नामाकरण र स्थायी राजधानी पार्टीको निर्णय अनुसारनै हुने बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसंँग सहमति लिएर आफुले पार्टीमा सिफरिस गरेको र त्यही अनुसार पार्टीको निर्देशन आएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को नाम ‘बाग्मती प्रदेश’ र स्थायी राजधानी ‘हेटौडा’नै कायम हुने दावी गर्नुभयो । पौडेलले भन्नुभयो,‘ पार्टीसँग पटक पटक छलफल भएको थियो । अन्त्यमा मैले नेपाली कांग्रेसका नेतासँग सल्लाह गरे । उहाँले पनि बाग्मती र हेटौडा स्थायी राजधानी बनाउने गरी पार्टीलाई निर्णय गर्न लगाउने सहमति दिनुभयो । मैले सिफरिस गरे । अब यो निर्णयमा परिवर्तन हुदैन’।

उहाँले पार्टीका केहि सांसदहरुले यसको विरोध गरेपनि पार्टीको निर्णय भएकाले केहि फरक नपर्ने बताउनुभयो । पौडेलले धेरै सांसदहरुको राजधानी काभ्रे बनाउने राय भएपनि दिर्घकालिन रुपमा काभ्रे उपयुक्त नभएको ठहर गर्दै हेटौडा नै सिफरिस गरिएको दावी गर्नुभयो ।

उहाँले अहिले यो औपचारिक निर्णय नभएपनि यसलाई अबको संसद अधिबेशनबाट अनुमोदन गराउने बताउनुभयो । आफुले सर्वसम्वत निर्णय गराउन खोज्दा पार्टीका केहि सांसदहरुले नमानेका कारण पार्टीबाट निर्णय गर्नुपर्ने अवस्था आएको खुलासा गर्नुभयो ।

पौडेलले राजधानी तोक्ने काम दिर्घकालिन सोच र अवस्थालाई हेरेर गर्नुपर्ने भएकाले भविश्यलाई हेर्दा प्रदेश ३ को राजधानी हेटौडानै उपयुक्त हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ मलाई पार्टीले नमान्ने हो कि भन्ने डर थियो तर, नेतृत्वले स्वीकार गर्यो । कम्युनिष्ट पार्टीमा नेतृत्वको निर्णय नमान्ने भन्ने हुदैन । पार्टीले जे भन्छ त्यो कार्यकर्ताले मान्नुपर्छ । कुनैपनि हालतमा काभ्रे राजधानी हुदैन’ ।

उहाँले प्रदेश ३ मा १३ जिल्ला रहेको र सवैले आ आफ्ना जिल्लामा राजधानी हुनुपर्छ भन्दै आएको प्रशंक उल्लेख गर्दै काभ्रे सर्व सम्मतले अश्विकार हुने दावी गर्नुभयो । हेटौडा स्थायी राजधानी तोक्ने विषयमा सर्वसम्मत निर्णय हुने मुख्यमन्त्री पौडेलको भनाइछ ।