प्रदेश ३ को नाम र राजधानी: नेकपा सचिवालय निर्णयको चर्को विरोध



प्रदेश नं. तीनको नाम र राजधानीका बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले गरेको निर्णयले पार्टी भित्रै चर्को विरोध भएको छ । प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउने पक्षमा मतदान गर्न लगाउने निर्णय नेकपाको सचिवालयको बैठकले हिजो गरेको थियो । खास गरेर नाम र राजधानीकै बारेमा असन्तुष्टी जनाउदै पार्टीका नेता तथा कार्यकर्ता र कतिपय सुवेच्छुकहरुले नेतृत्वको आलोचना गरेका छन् । कतिपयले नाममा आपत्ति जनाएका छन् भने राजधानी हेटौडा बनाउने विषयमा असन्तुष्टी जनाएका छन् ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित हेटौंडालाई नै राजधानी बनाउने पक्षमा रहेका नेताहरु मौन रहेपनि बनेपा राजधानी बनाउन दवाव अभियान चलाउदै आएका नेताहरु निराश र आक्रोसित भएका छन् ।

उनीहरुले जनताप्रति धोका भएको र पार्टीले दुर्गामी महत्वको निर्णय गर्न नसकेको भन्दै जनताको अगाडी जान नसकिने अवस्था आएको बताएका छन् । कतिवय विज्ञ तथा विश्लेषकहरुले भने प्रदेशको राजधानी र नामका बारेमा पार्टीले र त्यो पनि केन्द्रीय तहबाट निर्देशन आउनु संघीयताको मर्म र भावना विपरित भएको टिप्पणी पनि गरेका छन् ।

नाम र राजधानीका बारेमा असन्तुष्टी भएकाहरुले आज नेताहरुलाई दवाव दिनेदेखि अन्य आन्दोलनका कार्यक्रमहरुको समेत तयारी भइरहेको बताएका छन् ।