प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न विशेष समितिको प्रस्ताव



प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव भएको छ । स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो ।

समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको बताउनु भयो । समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको जनाइएको छ ।

प्रदेशको नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको छ । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालन हुँदै आएको छ।