’ब्याक फर गुड’ कार्यक्रम: १ सयभन्दा बढी नेपाली कामदार फर्किए

७ सय मलेसियन रिगिंट जरिवाना बुझाउनुपर्ने


नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियाबाट अवैध रुपमा रहेका १ सयभन्दा बढी कामदारहरु फर्किएका छन् ।

मलेसिया सरकारले जेलमा रहेका आप्रवासी कामदारहरुलाई स्वदेश फर्काउन सञ्चालनमा ल्याएको ’ब्याक फर गुड’ कार्यक्रममार्फत नेपाली कामदार लाभान्वित भएका हुन् । हालसम्म अवैधानिक रुपमा रहेका १ सयभन्दा बढी नेपाली कामदारहरु फर्किएका हुन् ।

मलेसियाले गत १ अगस्टदेखि आगामी ३१ डिसेम्बरसम्म अवैधानिक रुपमा मलेसियाका विभिन्न स्थान तथा जेलमा रहेका कामदारहरुलाई स्वदेश फर्कने अवसर प्रदान गरेको छ । नेपाल फर्किने अवैध नेपालीहरुले ७ सय मलेसियन रिगिंट जरिवाना बुझाउनुपर्ने हुन्छ ।

पासपोर्ट नहुनेका हकमा एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाउनका लागि बुझाउनु पर्ने राजश्ववापत प्रतिव्यक्ति १ सय ६० मलेसियन रिंगिट मलेसियास्थित नेपाली दूतावासमा बुझाउनुपर्ने दूतावासले जनाएको छ ।