ग्रह र ताराको नाम अब नेपालीमा



काठमाडौं–‘एचडी १००७७७’ र एचएटी–पी–५बी कुनै जासुसी कोड जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् । अब यस्तै ग्रह र ताराको नेपाली नाम राख्न पाइने भएको छ । अन्तरीक्षमा रहेको ग्रह एचडी १००७७७बी र नारा एचडी १००७७७ को नेपाली नाम प्रस्ताव गर्न आह्वान गरिएको छ । प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।