काँग्रेस नेता भण्डारीको प्रश्न ‘सालिकरामको भिडियो रेकर्ड कसरी बाहिरियो ?’



नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा महत्वपुर्ण मानिएको भिडियो रेकर्ड कसरी बाहिरियो भनेर प्रश्न गरेका छन् ।

फेशबुकमा आईतवार स्टाटस पोष्ट गर्दै नेता भण्डारीले अनुसन्धानको लागि महत्वपूर्ण मानिएको उक्त भिडियो रेकर्ड को बाट बाहिर कसरी आयो ? भनेर प्रश्न गरेका हुन् ।

नेता भण्डारीले निर्मला काण्डमा प्रहरीबाट भएका कमी कमजोरी र लापर्वाही दोहोराउन नहुने बताउदै निश्पक्ष, पारदर्शि र विश्वासिलो छानविनको माग गरेका छन् ।

उनले अगाडी लेखेका छन् चितवनमा अनुसन्धान भैईरहेको शालिकराम काण्ड के हो ? हत्या वा आत्महत्या ? अनुसन्धानको लागि महत्वपूर्ण मानिएको शालिकरामको भिडियो रेकर्ड को बाट बाहिर कसरी आयो ?

चितवनको सडकमा दिन रात हजारौं युवाहरु निश्पक्ष अनुसन्धानको माग किन गरिरहेका छन ? जवाफ जिम्मेवार पक्षले दिनु पर्दछ ।निर्मला काण्डमा प्रहरीबाट भएका कमी कमजोरी र लापर्वाही दोहोराउन हुदैन ।

भष्ट्रचारी, दलाली र माफियाहरुको प्रभाव अनुसन्धानमा नपरोस तसर्थ अनुसन्धान निश्पक्ष, पारदर्शि र विश्वासिलो होस । भोलिका दिनमा प्रहरी माथिको विश्वसमा कमी आउने काम नहोस ।