लमहीको फर्निचर उद्योगमा आगलागी, ६५ लाख बराबरको क्षति



दाङको लमही स्थित एक फर्निचर उद्योगमा शुक्रबार रातमा आगलागी भएको छ । नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ट फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख बराबरको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले बताए ।

‘एक्कासी आगो लाग्यो । उद्योग भित्र रहेकासामान बचाउन सकिएन’ उनले भने, ‘मध्यरातमा आगो लाग्दा नियन्त्रणमा लिन गाह्रो भयो । ६५ लाख जतीको क्षति भएको अनुमान छ ।’ विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणको लागि लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरी लागि परेका थिए ।