५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतकको घरमा पेट्रोल बम प्रहार



प्रदेश नम्बर ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबार राति पेट्रोल बम प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहिका अनुसार ढकालको घरमा पेट्रोल बम प्रहार भएको हो । सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरि राखिएको गाडिको पछाडीको भागमा क्षति पुगेको बताए । ढकाल बिरामी परेर उपचारका लागि काठमाडौमा रहेका छन् । घरमा ढकालकी पत्नी, बाबु(आमा लगायत रहेका थिए ।

प्रहरीले बम प्रहार गर्ने व्यक्ती र समुहको खोजी गरिरहेको जनाएको छ ।