भुवन र शोभाको आवाजमा ‘यहि बसुलि एक दुई बासो भाग २’



चर्चित देउडा गायक भुवन दाहाल र शोभा थापाको अर्को देउडा गीत सार्वजनिक भएको छ । एल पि लाल भाटको शब्द तथा संगीत रहेको गीतको एरेन्ज बिजय थापाले गरेका छन् ।

बिशेष फिल्मसको प्रश्तुतिमा निर्माण गरिएको ‘यहि बसुलि एक दुई बासो भाग २’ बोलको गीत बिशेष फिल्मसकै युट्यूव च्यानलबाट बिहिवार सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा जिवन थापा र झरना बोहराको अभिनय रहेको छ । भिम थापाको निर्देशनमा रहेको गीतको छायाकंन भने डिबी राउलेले गरेका छन् । गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।