सालिकराम पुडासैनी मृत्यु प्रकरण: रवि लामिछाने र युवराज कँडेल पक्राउ



पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरी उच्च स्रोत उदृत गर्दै अनलाइनखबरले समाचार लेखेको छ ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।