नेकपा सचिवालय बैठक आज फेरि बस्ने



प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउसो ३ बजे बस्नेछ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किनु भएको हो ।

हिजोको बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण देखाउदै स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटार समेत पुगेका थिए । एक नेताकाअनुसार ओली बैठकमा नै नजानु भएको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आराम गरिरहेका ओलीलाई भट्नुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार (आज) अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।