गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु



जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले दिएको जानकारीअनुसार अत्याधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना उपचारका लागि अस्पताल पुगेका छन् ।

मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् । अस्पताल गएकामध्ये ४०० जनालाई भर्ना नै गर्नुपरेको उनीहरुको भनाइ छ। प्रभावित भएकामध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् ।

अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी भएका थिए । अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।