प्रतिनिधिसभामा सांसद र मन्त्रीहरुबीच प्रश्नोत्तर



संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज सांसद र मन्त्रीहरुबीच प्रश्नोत्तर हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सांसदहरुले सोध्ने भएका छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “प्रमाण (दोस्रो संशोधन) विधेयक र अर्थ मन्त्री डा युवराज खतिवडाले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको प्रशासकिय अदालत विधेयक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भुमि सम्बन्धी (आठौ संशोधन) विधेयक पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

बैठक दिउसो १ः०० बजेपछि बस्नेगरी तय भएको छ ।