अमेरिकाकाे भिसा र ग्रीन कार्ड लिन अब अझै गाह्राे हुने, आयो कडा नियम



काठमाडौं ।  अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने  प्रक्रियामा कडाइ गरेको छ ।

आप्रवासीका मामलामा सुरुदेखि नै कठाेर बन्दै आएकाे ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेकाे हाे ।

यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताउनु भएको छ ।