प्रतिबन्ध पछि ‘बिप्लब समुह’का गतिविधी कम्जोर: नेपाल प्रहरी



नेपाल प्रहरीले सरकारबाट प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लब समुहका गतिविधीहरु पछिललो समय कम्जोर बन्दै गएकोे दावी गरेको छ ।

मुलक भित्र हुने हिशां तथा हिंसात्मक गतिविधी बिरुद्ध प्रहरी कठोर रुपमा प्रश्तुत भएका कारण यस्ता गतिविधीमा संलग्न व्यक्ति समुह कम्जोर बनेको प्रहरीको दावी छ ।

बिप्लब समुहरुले आफ्नो उपस्थितीको संकेत गराउन बिकट क्षेत्र रोज्न थालेकोसंगै प्रहरीले बढाएको निगरानी तथा पक्राउमा व्यापक्ता ल्याएकाले उक्त समुहका गतिविधीले नागरिक समाज प्रभावित नभएको प्रहरी प्रवक्ता बिश्वराज पोखरेलले बताउनु भयो ।

सरकारले २०७५ फागुन २८ गते बिप्लब समुहमाथी प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्धको निर्णय गरेसँगै खुलेआम रुपमा आफ्ना गतिविधि बढाउन नसकेपछि विप्लव समूह कमजोर बन्दै गैरहेको पनि प्रहरीको ठम्याइ रहृको छ ।

प्रहरी प्रवक्ता पोखरेलका अनुसार पक्राउ पर्नेमा प्रतिबन्धपछि मात्रै उक्त समूहका ७ सयभन्दा बढी नेता कार्यकर्ता तथा ३० बढी जिल्ला इञ्जार्ज तथा सेक्रेटरी तहका रहेको जानकारी दिनु भयो ।

औपचारिक रुपमा घोषणा नगरे पनि राज्यविरुद्ध हिंसात्मक रुप अपनाएको उत्तःसमूहले आफ्ना सूचना चुहिन थालेको र रणनीति पनि गोप्य नरहेको निष्कर्ष निकाल्दै पोलिटव्युरो र केन्द्रीय समिति भंग गरेको कुरालाई पनि कम्जोर रहेको मख्य आधार बनाइएको छ ।

विप्लव समूहविरुद्ध नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएका छन् । प्रहरीले यस्ता क्रियाकलापमा संलग्नलाई पक्राउ जारी राखेको जनाएको छ । मुलुकका केही भागमा भएका विस्फोटको जिम्मा विप्लव समूहले लिएको भएपनि अधिकांश विस्फोटको जिम्मा लिएको छैन ।